१ कार्तिक २०८३, शनिबार

नक्सा पास गर्न कीर्तिपुर नपाले ६० प्रतिशत छुट दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naksa-pasकाठमाडौँ, २९ साउन । भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि नक्सा पास गर्न कीर्तिपुर नगरपालिकाले ६० प्रतिशत छुट दिने भएको छ ।

कीर्तिपुर नगरपालिकाको आज यहाँ आयोजित २१ औँ विशेष नगर परिषद् नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडाले भूकम्पकै कारण आव २०७१/७२ मा सम्पन्न हुन नसकेका विकासको योजना र आव २०७२/७३ को लागि गरिएका योजना समेतलाई समायोजन गरी योजनाको छनोट र कार्यान्वयन गरिने बताउनुभयो ।

सभासद् राजेन्द्रकुमार केसीले नगरपालिका गठन भएको दुई दशक पुग्दासमेत अपेक्षित रुपमा विकास गर्न नसक्नाको मुख्य कारण राजनीतिक दलहरु जिम्मेवार रहेको बताउनुभयो ।

अर्का सभासद् दीक्षाकुमार तामाङले कीर्तिपुर नगरपालिकाको वार्षिक बजेट अत्यन्तै सानो भएकाले बजेट बढाउनुपर्नेमा जोड दिनुभयो । रासस