९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा एकै दिन तीन जना मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

death-body
फाइल तस्वीर ।

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौ महानगरपालिका–१५ स्वयम्भु डेरा गरी बस्ने काभ्रे पोखरीचौर–९ का ५६ वर्षीय हरिबहादुर बुढाथोकी बिहिबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–२३ बसन्तपरमा धादिङ घर भएका ५५ वर्षीय अच्युत गुरुङ बिहिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी भक्तपुर नगरपालिका–१५ डेरा गरी बस्ने म्याग्दी सिर्खा–४ का ३३ वर्षीय गोबिन्दप्रसाद पैजापुन आफ्नै कोठामा बिहिबार मृत अवस्थामा फेला परेका छन् । मृत्युको कारण खुल्न सकेको छैन् ।
घटनाको स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।