काठमाडौं, २९ साउन । सस्तोमा डलर साटिदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सस्तोमा डलर साटिदिन्छु भनी रकम ठगी गर्ने काठमाडौं बुढानिलकण्ठ–८ बस्ने सिन्धुपाल्चोक बाह्रविसे–४ का ३० वर्षीय राजु तामाङ भन्ने सोमबहादुर योन्जनलाई महानगरीय अपराध महाशाखाले काठमाडौं बुढानिलकण्ठबाट बिहिबार पक्राउ गरेको हो ।
योन्जनले २०७१ चैत १८ गते सिन्धुपाल्चोक बाह्रविसे–४ बस्ने रेशमबहादुर तामाङ्गसँग मिलेर भोजपुर दोभानेका आङ्गदावा शेर्पालाई टेलिफोनबाट सम्पर्क गरी आफुसँग अमेरिकन डलर रहेको र राहदानी नभएकोले साट्न नसकेको हुँदा तपाईलाई सस्तोमा साटीदिन्छौ भनि प्रलोभन देखाई काभ्रेपलाञ्चोक जिरोकिलोको एकान्तमा बोलाई डलर भनी रुमालमा पोको पारी कागजको बन्डल दिई ५ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए ।
योन्जनलाई आवश्यक कारवाहीको महाशाखाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको छ भने रेशमबहादुर तामाङ्गलाई गत बैशाख ४ गते पक्राउ गरी सोही कार्यालय पठाएको थियो ।















प्रतिक्रिया