९ कार्तिक २०८३, सोमबार

लिपुलेक हिडेका नेपालीलाई एसएसबीबाट छियालेकमै रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lipulek-bidya-studend (1)– नरेन्द्रसिह कार्की
दार्चुला, २९ साउन । भारतीय आइटीविपीको सातौ बाहिनीले नेपालीलाई छियालेक भन्दा अघि बढ्न नदिने भएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीहरु लिपुलेक र कालापानी भू भाग हेर्न गएपछि उनीहरुलाई छियालेकमै रोक लगाएको हो ।

भारतीय एसडिएमको छाप लगाएको अनुमति पत्र भएपनि रोक लगाइएको भारतीय अनलाइन संस्करणहरुले जनाएका छन् । अखिल क्रान्तिकारीले लिपुलेक नेपालको भएको भन्दै खबरदारी गर्न लिपुलेक हिडेपछि भारतले छियालेक भन्दा अघि बढ्न नदिन निर्देश गरेको हो ।

भारतीय अनलाइन संस्करणका अनुसार त्यस क्षेत्रमा कडा चेकजाँच पारिएको छ । नेपाली विद्यार्थी नेपालकै भूमी भएर बुधबार लिपुलेकको लागि हिडेका छन् । भारतको छियालेक व्यास गाविसको छाङगरु भन्दा तल हो भने नेपालको छियालेक तिंकर भन्दा माथि पर्छ ।

आइटीबीपिले छियालेकस्थित पोष्टमा कडा चेकिङग गर्दै छ । कैलाश मानसरोवर जाने यात्रीहरुलाई समेत चेकजाँचमा कडाइ गरेको छ ।
भारतीय आइटीबीपिका सेनानी केदार सिंह रावतले नेपालका विद्यार्थी संगठनको मध्यनजर गर्दै चेकजाँचमा कडाइ गरिएको बताए ।

आइटीबीपिले गुञ्जीदेखि लछियालेकसम्म गस्ती बढाएको छ । कुनै पनि सीमाबाट विद्यार्थी संगठनको रोक लगाउने तयारी गरेको उनले बताए ।

यता नेपालबाट हिडेको अखिल क्रान्तिकारी, पत्रकार लगायतको टोली आज राप्ला गाविसबाट अघि बढेको छ ।