काठमाडौँ, २९ साउन । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नेपाली कांग्रेसका सभासद् अमरेश सिंहले दिएको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै एमाले उपाध्यक्ष रावलले टीकापुरमा आयोजित एक सभामा नेपाली काँग्रेसका सांसद सिंहले उत्तेजक अभिव्यक्ति दिएकामा आपत्ति जनाउनुभएको हो ।
सामाजिक सद्भावलाई बिथोल्ने र मुलुकको सार्वभौमसत्ता तथा अखण्डतालाई नै चुनौती दिने खालको अभिव्यक्ति दिएकाले सिंहलाई कारबाही गर्नुपर्ने उहाँको माग थियो ।
















प्रतिक्रिया