काठमाडौँ, २९ साउन । न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले योग्य र सक्षम व्यक्तिलाई मात्र न्यायाधीश नियुक्त गरिने बताउनुभएको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले राजनीतिक आस्थालाई वास्ता नगरी सक्षम र योग्य न्यायाधीश नियुक्तिमा आफूले भूमिका खेल्ने बताउनुभयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्याय सम्पादन कठिन काम भएकाले योग्य र क्षमतावान्लाई मात्रै न्यायाधीश बनाउनुपर्ने र जनतालाई जति सक्दो छिटो न्याय दिनुपर्ने आँैल्याउनुभयो ।
सर्वोच्च बारका अध्यक्ष नरहरि आचार्यले जतिसक्दो छिटो न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल बार एसोसिएसनका तर्फबाट श्रेष्ठलाई निर्वाचन प्रक्रियाबाट यही साउन २१ गते न्यायपरिषद् सदस्यमा सिफारिस गरिएको थियो । रासस
















प्रतिक्रिया