काभ्रे, २९ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ६ प्रदेशको सीमांकनमा परिमार्जन हुने बताउनुभएको छ ।
पेशागत महांसघको कार्यक्रमका लागि काभ्रे पुगेका नेता नेपालले बनेपामा आयोजित पत्रकार भेटघाटमा सीमांकनको विषयमा पुर्नविचार हुने बताउनुभयो । उहाँले भन्नुभयो-‘सीमांकनमा परिमार्जन भएरै दुई हप्ताभित्र नयाँ संविधान जारी हुन्छ ।’
एमालेले सरकार पाउन कै लागि संविधान निर्माणलाई छिटो ल्याउन खोज्यो भन्नु अर्थ हिन विषय भएको नेता नेपालको भनाई थियो । ‘सरकार र पद पाउन एमालेले कहिले पनि लोभ नराख्ने र राखेको पनि छैन ।’ पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो ।












प्रतिक्रिया