९ कार्तिक २०८३, सोमबार

पत्रकारले प्रश्न सोध्दा ओलीलाई भोक लाग्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli

काठमाडौं, २९ साउन । प्रमुख चारदलका शीर्ष नेताको बैठक संविधानसभामा सकिएको छ ।

शुक्रबार विहानैदेखि बसेको बैठक दिउँसो २ बजे सकिएको हो । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए । बाहिर पत्रकारको जम्बो टोली प्रतिक्रिया लिन बसिरहेको थियो । बैठक सकिएपछि ओली पेट मर्सार्दै बाहिर आए ।

बाहिर आउनेवित्तिकै पत्रकारले उनलाई घेरिहाले । सुरुमा सोधे, के भयो ? ओलीले उत्तर दिँदै भने-‘भोक लाग्यो ।’ त्यहाँ पत्रकार भित्र बैठकमा के भयो भनेर सोधेका थिए । तर, ओली उत्तर अरु नै दिए । त्यसपछि ओलीका पीएले भीडलाई पन्छ्याउँदै उनलाई पत्रकारको घेराबाट निकालेर गाडीमा चढाए ।

यो सम्वाद हो सिंहदरबारभित्र शुक्रबार भएको ओलीको । उनले ठट्टा गर्दै पत्रकारको प्रश्नको जवाफ नदिएरै भोक लाग्यो भन्दै घरतिर लागे । उनीसँगै पछिपछि आएका एमाले उपाध्यक्ष भीम रावलले बल्ल पत्रकारलाई प्रतिक्रिया दिए ।

मस्यौदा समितिले विवादित विषय नागरिकता, संवैधानिक निकायमा पुनर्नियुक्ती, थ्रेसहोल्डका बारेमा भइरहेको छलफल र सहमतिको बारेमा शीर्ष नेताहरुलाई जानकारी गराएको बैठकमा सहभागी एमाले उपाध्यक्षरावलले बताए ।