काठमाडौं, २९ साउन । प्रमुख चार दलका शीर्ष नेता सम्मिलत विशेष समितिको बैठक सिंहदरबारमा सकिएको छ ।
शुक्रबार विहान सिंहदरबारमा बसेको बैठकमा मस्यौदा समितिले विवादित विषय नागरिकता, संवैधानिक निकायमा पुनर्नियुक्ती, थ्रेसहोल्डका बारेमा भइरहेको छलफल र सहमतिको बारेमा शीर्ष नेताहरुलाई जानकारी गराएको बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले बताउनुभयो ।
उहाँका अनुसार बैठकमा संविधानसभा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विवादित विषयका बारेमा शीर्ष नेतालाई जानकारी गराउँदै छिट्टै सहमतिसहितको प्रतिवेदन तयार हुने बताउनुभएको थियो ।
राजनीतिक सहमति तथा सम्वाद समितिले विवादित विषयसहितको संविधानको प्रतिवेदन संविधानसभामा पेस गरेको थियो । संविधानसभाले प्रतिवेदनमा सभासद्का कुरा समेट्दै मस्यौदा समितिलाई सहमतिसहित प्रतिवेदनलाई पूर्ण रुप दिएर पाँच दिनभित्र बुझाउन जिम्मा लगाएको थियो ।
बैठकमा विशेष समितिका सभापति डा. बाबुराम भट्टराई, प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको सहभागिता थियो ।













प्रतिक्रिया