काठमाडौं, २९ साउन । एकीकृत नेकपा माओवादीका सभासद् प्रभु शाहले संविधानसभा मस्यौदा समितिबाट राजीनामा दिएका छन् ।
आफ्ना हक अधिकार संविधानको मस्यौदामा नसमेटिएको भन्दै सभासद् शाहले समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् ।
‘आफ्नो समुदायको हक अधिकार खोसिएको हेरेर, लाचार छाया भएर समितिमा बस्दैन् ।’ उनले सञ्चारकर्मीलाई सिंहदरबारमा भने ।
शाह कृष्ण प्रसाद सिटौला नेतृत्वको संविधान सभा मस्यौदा समितिका सदस्य थिए । उनले आफ्नो राजीनामा पत्र एमाओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई बुझाएका छन् ।












प्रतिक्रिया