३० आश्विन २०८३, शुक्रबार

उपेन्द्र यादवको पहाडियालाई चेतावनी-‘पहाडतिर पस, नत्र तिमीहरुको सखाप हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavकैलाली, २९ साउन । संघीय समाजबादी लोकतान्त्रिक फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले पहाडी समुदायलाई तराई छोड्न चेतावनी दिएका छन् ।

कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभालाई विहीबार सम्बोधन गर्दै अध्यक्ष यादबले कञ्चनपुर-कैलालीदेखि चितवनसम्म थरुहट र पर्सादेखि झापासम्म मधेसीको बृत्ता भएकाले यहाँ पहाडिया बाहुन र क्षेत्रीलाई शासन सत्ता गर्न नपाउने अभिव्यक्ति दिए ।

उनले भने-‘यदि तिमीहरु शासन सत्ता चलाउन चाहन्छौं भने पहाडतिर पस, नत्र तिम्रो सखाप हुन्छ ।’ उनको यस्तो अभिव्यक्तिपछि सुदूरपश्चिमका नागरिक राजनीतिक दलहरुले सदियौं देखी मिलेर बसेका थारु समुदायलाई उक्साएर हिंसात्मक आन्दोलन गर्न प्रेरित गरेको भन्दै कारवाहीको माग गरेका छन् ।