९ कार्तिक २०८३, सोमबार

बाहुन क्षेत्रीले देश लुटे, अब हामी छाड्दैनौं : राजेन्द्र महतो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahatoकैलाली, २९ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालका बाहुन क्षेत्रीले देश लुटेर खाएको बताएका छन् ।

कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभालाई विहीबार सम्बोधन गर्दै महतोले कडा अभिव्यक्ति दिएका हुन् ।

उनले भने-‘नेपालका बाहुन क्षेत्री लुटेरा हुन । यिनले सयौं वर्षदेखि नेपालीलाई लुटेर खादै आएका छन् । नेपाल देश बाहुन र क्षेत्रीको ठेक्का भएकाले अब आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए । उनले थारुहरुले तराईको हिस्सेदार बन्न पहाडीलाई पहाडमै पठाउनुपर्ने बताए ।