९ कार्तिक २०८३, सोमबार

छोरी जन्माएपछि पति, सासु र नन्दले घरबाट निकाले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-0पथरी (मोरङ), २९ साउन । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा- ३ की २३ वर्षीया यामकुमारी कार्की (गोमा) ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ ।

छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ बोकी छोरी जन्माएको आरोप लगाएपछि घरेलु हिंसा सहन नसकी यामकुमारी घर छाड्न बाध्य हुनु भएको छ ।

लीलबहादुर विदेश गएको आठ महिनापछि शल्यक्रियाबाट छोरी जन्मिएको थियो । छोरी जन्मनुभन्दा २÷३ महिनाअघिसम्म लीलबहादुरले बारम्बार फोन गरी नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको यामकुमारी सुनाउनुहुन्छ ।

तर छोरी जन्मिएपछि अनेक जालझेल गरेर यामकुमारी घरबाट निकाला भएकी छन् । यामकुमारीले अंश भराइदिनु भनेपछि एक बिगाहा दुई कट्ठा जग्गा भएका लीलबहादुरले आफ्नो सबै सम्पत्ति माइली दिदी कृष्णमाया अधिकारीको नाममा बकस पास गरिदिएका छन् ।

अहिले पनि फोन गरेर ज्यान मार्ने धम्की आउने र ‘अश्लील शब्द बोलेर गालीगलौज गर्ने गरेको पीडित यामकुमारीले बताउनु भयो । लीलबहादुर पुनः वैदेशिक रोजगारका लागि दुवई गएका छन् । रासस