– सुन्दर शिरीष
चौतारा, २९ साउन । बैशाख १२ गतेको भूकम्प पछि जेलबाट फरार भएका १ सय ७० कैदीबन्दी माथि सिन्धुपाल्चोक जिल्ला अदालतले मुद्दा दायर गरेको छ ।
भूकम्पले जिल्ला कारागार भवन भत्किएपछि भाग्न सफल २ सय १६ कैदीबन्दी मध्य ४६ जना सम्पर्कमा आएपनि १ सय ७० कैदीबन्दी अझै सम्पर्क आएका थिएनन् । प्रहरीको सम्पर्कमा नआएक कैदीबन्दीलाई जेलबाट भागेको अभियोगमा जिल्ला अदालतले साउन १० गते मुद्दा दायर भएको जिल्ला अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मुद्दा दायर गरिएका १ सय ७० कैदीबन्दी मध्य ५९ जना मुद्दा फैसला भएका कैदी र १ सय ११ जना पूर्पक्षको लागि न्यायिक तथा अर्धन्यायिक निकायबाट थुनामा आदेश भएका रहेको कारागार प्रमुख ओमप्रसाद सुवेदीले जानकारी दिए । फरार रहेका कैदीबन्दी माथि कानुनी रुपमा के कस्ता संजायको व्यवस्था हुनेछ भन्ने खुल्न बाँकी रहेको छ ।
यसैबीच कारागारको जीर्ण भवन भत्काउन स्थानीयले माग गरेका छन् । ‘कारगारको जिर्ण भवनले हामीलाई बस्न गाह्रो भयो । सम्बन्धित पक्षले भत्काईदिए हुन्थ्यो,’ जिल्ला कारागार प्रमुखलाई भवन भत्काईदिन माग गर्न गएका स्थानीय दालबहादुर कार्कीले भने । भूकम्पले जीर्ण रहेको कारागार भत्काउन प्रभावित स्थानीयको माग स्वभाविक भएपनि भवन विभागले भवन भत्काउन अनुमति नदिएको कारागार प्रमुख सुवेदीले बताए ।
जेलर सुवेदीका अनुसार भूकम्पले कारागारका चार वटा भवन कामै नलाग्ने गरी क्षति पुगेका छन् । जसमध्य पुरुष कैदीबन्दी रहेको भवन भत्किएर चौतारा बजारका स्थानीय जनताको घरमा क्षति पु¥याएको थियो । ‘स्थानीयको मागलाई ध्यानमा राखि हामीले भवन विभाग कार्यलय धुलिखेललाई अनुरोध गरेपनि विभागले स्वीकृति दिएन,’ जेलर सुवेदीले भने ।
सुवेदीका अनुसार भवनविभागले अनुमति नदिनुका पछाडि चारवटा भवन मध्य दुई वटा मात्र हस्तान्तरण भएको हो । दुई वटा भत्काउन विभागले पत्रचार नगरेकाले अन्यौलता उत्पन्न गराएको जेलर सुवेदी बताउँछन् ।















प्रतिक्रिया