९ कार्तिक २०८३, सोमबार

प्रहरीले गोली चलाउँदा सुर्खेतमा आज थप एक जनाको मृत्यु, अखण्ड मध्यपश्चिमको आन्दोलन चर्कियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surkhet

सुर्खेत, २९ साउन । अखण्ड मध्यपश्‍चिमको माग गर्दै सोमबारबाट सुर्खेतमा सुरु भएको आन्दोलन थप चर्किएको छ ।

आन्दोलनमा विहीबारदेखि स्थानीय राजनीतिक दलहरुले समेत समर्थन जनाएका छन् । आन्दोलन चर्किरहेका बेला आज सुर्खेतमा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा सोमबार प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको शुक्रबार उपचारका क्रममा मृत्‍यु भएको हो ।

मृत्‍यु हुनेमा हुम्‍ला मैला गाविसका विद्यार्थी पहलमान मल्‍ल रहेका छन् । उनको काठमाडौंको शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।

उनका अनुसार अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुने प्रदर्शनकारीको संख्या चार पुगेको छ । प्रहरीले यसअघि गोली चलाउँदा वीरेन्द्रनगर-४ का टिकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको मृत्‍यु भएको थियो ।