१ कार्तिक २०८३, शनिबार

दारु पिएपछि फोन गरेर हैरान पार्छनः गगन थापा (मोबाइल अनुभव)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa1

उनको टेबुल अगाडि दुईवटा आइफोन थियो । एक अर्कामा खप्टिएका । एउटा मोवाइलमा घण्टी बज्यो । मोवाइल छुट्टिए । गगनले फोन उठाएनन् । फेरि अर्को बज्यो । त्यो पनि छाडिदिए । लगातार बजिरहे, गगन भने गफिइरहे । …

अस्तीमात्र मेरो मोवाइलमा एक जना केटी साथीको एसएम आएको थियो । तपाईँको भाषण निकै मनपर्‍यो भन्दै धेरै कुरा लेख्नुभएको थियो । फोन पनि गर्नुभयो । तर, उठाइन । पछि अर्को म्यासेज गर्नुभयो, ‘प्लीज तपाईँलाई भेट्न र सँगै बसेर कुरा गर्न चाहन्छु ।’ तर, मैले रेसपोन्स गरिन । …

मैले बिहान ६ बजेदेखि बेलुकी १२ बजेसम्म मोबाइल खुला राखेँ भने मेरो काम नै फोन उठाउने मात्र हुन्छ । फोन एकदमै कम उठाउँछु । प्रत्येक मिनेटमा फोन आइरहेको हुन्छ ।