९ कार्तिक २०८३, सोमबार

प्रादेशिक राजधानी दाङ र अखण्ड राप्तीको माग लिएर दङ्गालीहरू काठमाडौंमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dangकाठमाडौं, २९ साउन । अखण्ड राप्ती र प्रादेशिक राजधानी दाङ हुनुपर्ने मागसहित ‘दाङ प्रादेशिक राजाधनी सरोकार समिति’ले काठमाडौंमा विभिन्न राजनीतिक दल, सभासद र सरोकार निकायसँग परामर्श थालेको छ ।

बिहीबार राति काठमाडौं आइपुगेको समितिले राप्ती अञ्चलका सभासद, विभिन्न दलका केन्द्रीय नेताहरूसँग आज दिनभरि भेटवार्ता र परामर्श गर्ने समितिका सदस्य सचिव सुदीप गौतमले जानकारी दिनुभयो ।

‘अखण्ड राप्ती अञ्चल र प्रादेशिक राजधानी दाङ बनाउन माग लिएर आएका हौँ’, उहाँले भन्नुभयो, ‘विभिन्न राजनीतिक दल, तिनका सभासद र केन्द्रीय नेताहरूसँग भेट गरी अखण्ड राप्तीका पक्षमा दवाव दिने छौँ ।’

प्रादेशिक राजधानी दाङ बनाउन दवाव दिने उदेश्यले नेपाल उद्योग वाणिज्य संघ दाङका अध्यक्ष हेमराज बञ्जाडेको नेतृत्वमा विभिन्न संघसंगठन, राजनीतिक दल, पत्रकार, बुद्धिजीवी आदि सहभागी सरोकार समितिसमेत गठन गरिएको थियो ।

यसैबीच, प्रादेशिक राजधानी दाङ बनाइनुपर्ने तथा अखण्ड राप्तीका पक्षमा लबिङ गर्न अध्यक्ष बञ्जाडेसहित नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी राप्ती अञ्चलका इञ्चार्ज सविन प्रियसनलगायतको टोली राजधानी आइपुगेको हो ।

टोलीमा हरिहर बुढाथोकी, भीमप्रकाश खड्का, एमालेका प्रतिनिधि लक्ष्मण आचार्य, एमाओवादीका जिल्ला उपाध्यक्ष निर्मल आचार्यलगायतको पनि सहभागिता रहेको छ ।