२१ कार्तिक २०८३, शनिबार

महानिर्देशक सुवेदीलाई कालोमोसो दल्ने चार जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयबहादुर चलाउने ‘दीपक’
उदयबहादुर चलाउने ‘दीपक’

काठमाडौं, २९ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेर कुटपिट गरेको अभियोगमा प्रहरीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृसँगठन राष्ट्रिय युवा जनस्वयं सेवकका चार जना केन्द्रीय नेताहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति राजधानीका विभिन्न स्थानबाट जनस्वयं सेवकका संयोजक उदयबहादुर चलाउने ‘दीपक’सहित केन्द्रीय सदस्य पूर्णबहादुर रसाइली ‘रक्तिम’, प्रमोद गिरी र सुमन तिमिल्सिना पक्राउ परेको हो ।

महानिर्देशक सुवेदीलाई कार्यालयमा प्रवेश गरी कालोमोसो दल्नुका साथै कुटपिट गरेको अभियोग उनीहरूविरुद्ध लगाएको प्रहरीले जनाएको छ ।

जनस्वयं सेवककी सहसंयोजक सावित्री दुराले विज्ञप्ति जारी गरेर आफ्ना केन्द्रीय संयोजकसहितका नेताहरूलाई छाड्न माग गर्नुभएको छ ।

उहाँले वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीलाई कालोमोसो लगाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न माग गर्नुभयो ।

उहाँले रिहा नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनी दिनुभएको छ ।

चन्द माओवादीका नेता तथा कार्यकर्ताले भ्रष्टाचार, दुई वटा नागरिकता बोकेको, विदेश जाने युवासँग रकम असुल्ने गरेकोलगायतका आरोपमा दुई दिनअघि कार्यकक्षमा प्रवेश गरी महानिर्देशक सुवदीलाई कालोमोसो दल्नुका साथै कुटपिट गरेका थिए ।