भीमदत्तनगर, २८ साउन । राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) सुदूरपश्चिम च्याप्टर लोकेन्द्र शाहीको अध्यक्षतामा गठन भएको छ ।
बिहीबार कैलालीको धनगढीमा भएको पत्रकारहरुको भेलाले १५ सदस्यीय समिति चयन गरेको हो । च्याप्टरको उपाध्यक्षमा हिमालय जोशी, महासचिवमा भीमबहादुर चौधरी, सचिवमा शेरबहादुर सिंह र कोषाध्यक्षमा श्रवण देउवा रहेका छन् । यस्तै, सदस्यहरुमा हरिष विक, भागेश्वरी शाह, कृत विष्ट, भावना जोशी, यम बम, दिपेन्द्र बस्नेत, मनिषा चन्द, देवानन्द न्यौपाने, महेश्वरा चन्द र मुकेश टेर्रा रहेका छन् ।
नवगठित समितिमा सुदूरपश्चिममा रहेका पर्यटकिय क्षेत्रमा कलम चलाउने पत्रकारहरु आबद्ध रहेका छन् । राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) का अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा भएको भेलामा नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष भरत शाह, पर्यटन व्यवसायी कृष्णबहादुर महरा र माया प्रकाश भट्टले शुभकामना व्यक्त गरेका थिए ।
पर्यटन व्यवसायीद्वय महरा र भट्टले सुदूरपश्चिममा पर्यटनका अथाह सम्भावना हुँदा पनि कसैको ध्यान पुग्न नसेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । सुदूरपश्चिममा नयाँ पर्यटकीयस्थलहरुको पनि पहिचान गर्नुपर्ने बेला आएको उहाँहरुको जोड थियो । रासस















प्रतिक्रिया