३० आश्विन २०८३, शुक्रबार

उपेन्द्र, अमरेश र राजेन्द्र कैलालीबाट रातारात भागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-ameresh-rajendraधनगढी, २८ साउन । थरुहट प्रदेशको माग गर्दै टीकापुरमा भएको सभामा भाग लिन आएका मधेसीवादी दलका नेताहरु भागेर नेपालगञ्ज पुगेका छन् ।

कैलालीको लम्कीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनको डरले रातारात जंगलको बाटोबाट नेपालगञ्ज पुर्‍याइएको स्थानीय प्रहरीले जनाएको छ ।

अखण्ड सुदूरपश्चिम माग गर्दे मधेसी दलका नेताहरुलाई कालो झण्डा देखाउन खोजिएपछि उनीहरुलाई अन्यत्रको बाटोबाट नेपालगञ्ज पुगाइएको थियो । खासगरि, नेपाली कांग्रेसका सभासद् अमरेश सिंह र सद्भावनाका राजेन्द्र महतोविरुद्ध नाराबाजी भएको थियो । ती नेतासहित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव देव गुरुङ बुधवार मध्यराति कैलाली आएका थिए ।

स्थिति गम्भीर हुने भएपछि मधेसी दलका नेताहरुलाई दुगौली र पथरैयाको कटासेबाट चिसापानी पुगाएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । ‘हामीले चिसापानी पुगाएर आयौ, चिसापानीबाट बर्दिया र बाँकेको टोलीले सुरक्षा दिएर एयरपोर्टसम्म लग्यो’ एक प्रहरीले वताए ।

अखण्ड सुदूरपश्चिम पक्षधरले डुडेझारीमा समेत अवरोध गरेको सूचना प्रहरीले पाएपछि कटासेबजारको बाटोबाट नेताहरुलाई लगिएको पनि प्रहरीले बताएको छ ।

‘टीकापुरमा अखण्ड सुदूरपश्चिमका विरुद्ध नेताहरु वोलेपछि हामीले लम्कीमा सभा गर्यौ,’ एमाले जिल्ला कमिटी सदस्य कर्ण जैसीले भने–‘मधेसी दलका नेताहरु यतावाट आएको भए कालोझण्डा देखाएर विरोध गर्नेवाला थियौ भागेर गएछन् ।’ लम्कीमा दिउँसो २ वजेपछि भएको कार्यक्रममा एमालेका महादेव वजगाई, कर्ण जैसी, महेन्द्र ढुंगाना, विष्णु खनाल, काग्रेसका विष्णू ढकाल र एमाओवादीका जिल्ला अध्यक्ष लालबहादुर सोडारी दर्शन लगायतले अखण्ड सुदूरपश्चिमको पक्षमा बोलेका थिए ।