काठमाडौं, २८ साउन । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललाई भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा निुयक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो । भूकम्प गएको चार महिनापछि सरकारले पोखरेललाई पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख बनाएको हो ।
यसैबीच, मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका रथी राजेन्द्र श्रेत्रीलाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।












प्रतिक्रिया