२१ कार्तिक २०८३, शनिबार

केही तत्व संविधानविरुद्ध पूर्वश्चिम गरिरहेका छन्ः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli

काठमाडौं, २८ साउन । एमालेका अध्यक्ष केपी ओलीले अहिलेको संविधानसभाले नयाँ संविधान दिने दोहर्‍याउनु भएको छ ।

संसदको आजको बैठकमा धारणा राख्दै ओलीले संविधान बन्न नदिने तत्वहरूले विभिन्न प्रकारका प्रयासमा लागि रहेको बताउनुभयो । उहाँले संविधान बन्न नदिने तत्वलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

‘केही तत्व कहिले कता गएका छन् ? जनतामा भ्रम फैलाएका छन्’, उहाँले भन्नुभयो, ‘हाम्रा विभिन्नताहरूका बीचबाट संविधान ल्याउँछौँ ।’ केही तत्वहरू हावा भरेको भरमा पूर्वपश्चिम कुदेको भन्दै उहाँले यस्ता खालका वितण्डा जनताले मन नपराउने बताउनभयो ।

‘यही देशको पानी खाएर देश टुक्राउछु भन्ने तत्वहरू छन् । लाज नभएकाहरू । यही बसेर चेतावनी दिन्छन्’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी देश टुक्राउन दिँदैनौँ ।’

नेपाली जनताको अधिकार सुनिश्चितता गर्नका लागि संविधान ल्याउन लागेको बताउनुभएका उहाँले कसैलाई अधिकार विहीन नबनाउन वा चलाखी गर्न नखोजिएको बताउनुभयो ।

उहाँले जातीय घृणा नफैलाउन आग्रह गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले जातीय घृणा र आन्दोलनले मुलुकलाई राम्रो नगर्ने बताउनुभयो ।