काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसकी नेतृ एवम् पूर्वमन्त्री आरजु राणासहितलाई झिकाउन माग गर्दै काठमाडौं जिल्ला अदालतमा रिट दर्ता भएको छ ।
बिहीबार बहसका क्रममा जाहेरवालातर्फका वकिलले आरजुसहित अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वमेयर विद्याशुन्दर शाक्य, अजयक्रान्ति शाक्य, मञ्जू खाणलाई पक्राउ गरेर बयान लिनुपर्ने माग गरेका थिए ।
उक्त मागप्रति प्रतिवादी तर्फका वकिलहरुले आपत्ति जनाएपछि केही समय अवस्था तनावपूर्ण बनेको थियो । त्यसपछि जाहेरीकर्ताहरूको तर्फबाट रामकुमार रेग्मीले बयानका लागि झिकाउन माग गर्दै निवेदन दर्ता गरेका हुन् ।
निवेदनमाथि भोलि बहस हुनेछ ।















प्रतिक्रिया