सुर्खेत, २८ साउन । अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग राख्दै स्थानीय राजनीतिक दलहरूले पहिलो पटक सडक सघंर्षमा उत्रेका छन् ।
कांग्रेस, एमाले, एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दहलहरूले आज बिहान वीरेन्द्रनगर नगरपालिकामा र्याली निकालेका छन् ।
र्यालीपछि भएको सभामा दलका नेताहरूले मध्यपश्चिमको सुर्खेतलाई राजधानी घोषणा गर्नुपर्ने माग गरे । यसअघिका आन्दोलन हिंसात्मक भएको उल्लेख गर्दै उनीहरूले अब पार्टीको झण्डामुनि हुने आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
नेताहरूले पार्टीको कार्यक्रममा बाहेक अन्य अन्दोलनमा सहभागी हुने कार्यकर्ताको जिम्मा आफूहरू नलिने चेतावनी दिए ।
अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा गोली हान्ने डिआईजी केशव अधिकारीलाई कारवाही गर्नुपर्ने, प्रान्तीय राजधानी सुर्खेतलाई कायम गर्नुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने र घटनाको निस्पक्ष छानविन गरी दोषिमाथी कारवाही गर्नुपर्ने माग दलहरूले अघि सारेका छन् ।
बिहान ९ बजे सम्पूर्ण राजनीतिक दलको पार्टी कार्यालयबाट विरोध र्याली निकालिएको थियो । र्यालीमा हजारौंको संख्यामा मध्यपश्चिमवासीको सहभागिता रहेको थियो ।
र्यालीले घण्टाघर–बुद्धपथ–नेता चौंक, वीरेन्द्रचोक–मंगलगढीलगायतको स्थानको परिक्रममा गरेको थियो ।
एमालेका पोलिटव्यूरो सदस्य यामलाल कँडेल, कांग्रेस सुर्खेतका कार्यबाहक सभापति उपेन्द्र थापा, एमाले जिल्ला कमिटी अध्यक्ष धु्रवकुमार शाही, एमाओवादी जिल्ला अध्यक्ष नरबहादुर विष्टलगायतको र्यालीमा सहभागीता रहेको थियो ।













प्रतिक्रिया