१ कार्तिक २०८३, शनिबार

म वामपन्थी आन्दोलनमा सक्रिय हुन चाहन्छुः मैनाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । नेकपा एमालेका पूर्व नेता एवम् झापा आन्दोलनका अगुवा R-K-Mainali आफु वामपन्थी आन्दोलनमा सक्रिय हुन खोजेको बताउनु भएको छ । उहाँले आफ्नै निजी निवास सीतापाइलामा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । उहाँले राजाको मन्त्री मण्डल र एमाओवादीमा गएको कुरालाई अतिरञ्जना गर्न खोजेको भन्दै आफु त्यहाँ पनि वामपन्थी आन्दोलनलाई नै सक्रिय बनाउँन गएको दाबी समेत गर्नुभयो । ‘म गलत मनसाय लिएर राजाको मन्त्रीमण्डलमा गएको थिइँन,’ उनले भने, ‘म राम्रो मनसाय लिएर गएँको थिएँ तर, त्यो पुरा भएन ।’

राजाले राजाको चरित्र देखाएकाले र आफुले आफ्नो चरित्र देखाउँन नसकेकाले गलत भएँको मैनालीले गुनासो गर्नुभयो । ‘राजाले त्यतिवेला म द्वन्द्व समाधान गर्छु भन्दा मैले राजालाई अराजनीतिक रुपमा बुझेँछु जस्तो लाग्यो,’ उहाँले भन्नुभयो, ‘मैले पछि आँफैले आत्माआलोचन गरेँ ।’ उहाँले एमाओवादी पनि आफुले बाहिरबाट वुझे जस्तो नभएको आरोप लगाउनु भयो ।
उहाँले एमालेका नेताहरुले एमालेमा फर्किनु पर्छ भनेर पटक–पटक कुराकानी गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेकाले आफु एमालेमा फर्किन नसकेको गुनासो गर्नुभयो । ‘अहिले पनि म कसैलाई मेरो रोजगारी नै सकियो म एमालेमा काम गर्न चाहन्छु भनेर भन्ने पक्षमा त छैन,’ उहाँले भन्नुभयोे, ‘ म राजनीतिमा सक्रिय छैन, कुनै संगठनमा पनि छैन, यस्तो अवस्थामा एमालेले कारवाही फिर्ता गर्ने हो भने म जान चाहन्छु ।’