१ कार्तिक २०८३, शनिबार

उपत्यकालाई अलग राजनीतिक इकाइ बनाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm valley(0)
काठमाडौँ, १ असार । उपत्यकाबाट निर्वाचित सभासदहरुले उपत्यकालाई अब हुने राज्य पुनसंरचनामा अलग राजनीतिक इकाइका रुपमा राख्न माग गर्नु भएको छ । उहाँहरुले आइतवार विहानै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी यस्तो माग गर्नुभएको हो । उपत्यका विकासका लागि उहाँहरुले राजधानीको उर्जा, खानेपानी, फोहोरमैला, यातायात, सडक, वायु प्रदुषण र वातावरणीय क्षेत्रमा सरकारले तत्कालै गर्नुपर्ने पहलका लागि ध्यानकर्षण समेत गराउनु भएको थियो ।
उहाँहरुले उपत्यकाको २० वर्षे एकीकृत विकासका लागि ६ बुंदे अवधारण अघि सार्नुभएको छ । । प्रस्तावमा उपत्यकाको विकासलाई खण्ड– खण्डमा नहेरी युनाइटेड रुपमा हेर्नुपर्ने उल्लेख छ ।