१८ असार २०८३, बिहिबार

दुई संसदीय समितिको बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज सार्वजनिक लेखा समिति र शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरणसम्बन्धी विषयमा र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची छ ।