३० आश्विन २०८३, शुक्रबार

देशकै ठूलो र सुरक्षित सहरमा चार प्रहरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolइस्लामाबाद (पाकिस्तान), २७ साउन । पाकिस्तानको दक्षिणपूर्वमा अवस्थित सबैभन्दा ठूलो सहर कराँचीमा अज्ञात बन्दुकधारीको आक्रमणमा परी चार प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार दिउसो दुई वटा मोटरसाइकलमा सवार चार जनाको उक्त समूहले एक स्थानीय रेस्टुरेन्टमा खाना खाइरहेका प्रहरीमाथि गोली चलाई कराँचीको कोरङ्गी इलाकातिर भागेको बताइएको छ ।

आक्रमणकारी समूहले अत्याधुनिक हतियारको प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका प्रहरीलाई स्थानीयद्वारा उपचारका लागि अस्पताल पु¥याए पनि अस्पतालले उनीहरुको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

आक्रमणको बुधबार साँझसम्म कुनै समूहले जिम्मेवारी लिइ नसकेको जनाइएको छ । प्रहरीले आक्रमणकारी रहेको हुनसक्ने भन्दै कराँची र कोरङ्गी एसियालाई घेराहाली खोजी जारी राखिरहेको जनाएको छ । रासस/सिन्ह्वा