४ कार्तिक २०८३, बुधबार

कर्णालीको नीति तथा कार्यक्रम आज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

मंगलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै बुधबार ३ बजे बस्ने प्रदेश सभा बैठकममा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रस्तुत गर्ने कर्णाली सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

कर्णाली सरकारले कर्णालीको मौलिकतामा आधारित रहेर निती तथा कार्यक्रम ल्याउने बताएको छ । कार्यान्वयन योग्य र छिटो प्रतिफल दिने कार्यक्रम सरकारले प्राथमिकतामा राखेको छ ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय पनि गरेको छ ।

घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन ४ करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारी प्रदान गरिनेछ । प्रदेश सरकारले उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत वितरण गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई राहत तथा सम्मानस्वरूप जीवन निर्वाहमा सहयोग पुर्‍याउने जनाएको छ ।