३० आश्विन २०८३, शुक्रबार

महेश बस्नेतले पुस्तक विमोचन गर्दै भने, ‘केपी ओली मेरा बा हुन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnet

विश्वास खड्काथोकी

काठमाडौँ, २८ साउन । उद्योग मन्त्री महेश बस्नेतले आफ्नो पुस्तक ‘म महेश’ को बिमोचन गर्दै एमाले अध्यक्ष केपी ओली आफ्नो बाबु भएको बताएका छन् ।

पुस्तक विमोचनपछि धारणा राख्दै बस्नेतले भने, ‘मलाई केपी ओलीको धर्मपुत्र भन्छन् । केपी बा’को छोराछोरी पनि छैनन् । यदि साथीहरुले त्यसो भन्छन् भने मेरो पनि गर्वको विषय हो ।’ केपी ओलीलाई अहिले सबैले ‘केपी बा’ भन्ने र त्यसको सुरुवात निरु पालले गरेको बताए । उनले भने, ‘उतिबेला निरु पालले केपी ओलीलाई ‘बा’ भनेर खायो भन्थे, केपी ओलीलार्ई निरु पालले बा भन्न नपाउने ?’ केपी ओली मन्त्री बस्नेत बोल्नुपूर्व नै हिँडिसकेका थिए ।

mahesh-basnet1

मन्त्री बस्नेत थप खुले, ‘केपी ओली ‘बा’ भए, बामदेव गौतम ‘ठुल बा’ र माधव नेपाल ‘साइँलाबाबा’ हुनुहुन्छ । कहिले काही बाबाभन्दा ठूलाबा पनि प्यारो हुन सक्नुहुन्छ ।’ माधव नेपाल पक्षधरहरुले नेपाल र आफूबीच ठूलो खाडल खनेर भेट गर्नै नमिल्ने बनाइदिएको पनि उनले उल्लेख गरे । बस्नेतले भने, ‘माधव नेपाल पक्ष भन्ने साथीहरुले यतिधेरै ग्याप बनाइदिए कि भेट भए गाली गर्ने बातावरण सिर्जना भयो । तर, उहाँप्रति मेरो कुनै पुर्वाग्रह होइन ।’

mahesh-basnet3

उनले एउटा स्मरण पनि सुनाए, ‘म माओवादीको ज्यादतीबिरुद्ध लड्दा मेरो दुईवटा औंला फुटेका थिए । त्यसको लागि लामो समय उपचार गर्नुप¥यो । कुनै नेताले तेरो औँला के भयो भनेर सोध्नुभएन । तर, केपी ओलीले फोन गर्नुभयो ।’
त्यस्तै केपी ओलीले पनि महेश बहुप्रतिभाशालि भएको बताए । उनले भने, ‘केपी ओलीले महेश बस्नेतलाई माया गर्छ भन्ने सबै नेपालीलाई थाहा छ । त्यसैले केपी ओलीले यो पुस्तक पक्कै पढ्यो भन्ने सोच्नु होला तर पढेको छैन । तर, मलाई यति विश्वास छ, महेशले कुनै पनि गलत लेखेको छैन । त्यो लाग्यो भने साथीलाई फोन लगाएर सोधे हुन्छ ।’

mahesh-basnet4 copy

एमाले नेता प्रदीप ज्ञवालीले पुस्तकबारे बोलेका थिए । उनले बस्नेतको प्रतिभा र युवा आन्दोलनको खुलेर प्रशंसा गरे । कार्यक्रममा उपप्रधानमन्त्री बामदेव गौतम, स्वास्थ्य मन्त्री खगराज अधिकारी, पर्यटनमन्त्री कृपाशुर शेर्पा, युवा संघका पूर्व अध्यक्ष एवं एमाले नेता पशुपति चौलागाईँ, उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका लगायत दर्जनौ व्यवसायी तथा नेताहरुको उपस्थिति रहेको थियो । दर्शकले खचाखच हलमा टेक्ने ठाउँ समेत थिएन ।

mahesh-basnet2

मन्त्री नहुने महेशको प्रतिबद्धता

आगामी राष्ट्रिय सरकारमा आफू नजाने महेशले घोषणा गरेका छन् । उनले भने, ‘अर्को सरकारमा मन्त्री नहुने यहीबाट प्रतिबद्धता जनाउँछु । प्रधानमन्त्री र अर्थमन्त्रीको अगाडि औँला ठडाएर आफ्नो कुरा लागू गर्ने हैसियत नबनाएसम्म म सरकारमा जान्न । म बाहिरैबाट पनि काम र सहयोग गर्न सक्छु ।’ उनले अबको १५ दिनभित्र युवा संघको बिबाद सकिने बताए । उनले भने, ‘युवासंघको लोकप्रियता देखेर ठूला नेताहरुले चोसो पसार्दा खाडल बनेको छ । नेताहरुले युवासँगमा हात नहाल्दै राम्रो हुन्छ ।’