४ कार्तिक २०८३, बुधबार

गणतन्त्र दिवसको अवसरमा लुम्बिनी सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी)स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रशासनिक परिसरसहित सार्वजनिक प्रतिक्षालय आसपासका क्षेत्रमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।