काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।
काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।








प्रतिक्रिया