२१ कार्तिक २०८३, शनिबार

सुर्खेतमा आज पनि कर्फ्यू, प्रदर्शन जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhand-midwestrnसुर्खेत, २७ साउन । अखण्ड मध्यपश्चिमको माग राख्दै सोमबारदेखि सुर्खेतमा सुरु भएको प्रदर्शन आज पनि जारी छ ।

आन्दोलनकारीको प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार पनि कर्फ्यू लगाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले प्रदर्शन रोक्न विहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लगाइएको जानकारी दिनुभयो ।

प्रशासनले कर्फ्युका लगाएपनि सुर्खेत सदरमुकाम विरेन्द्रनगरस्थित एरिचोक, मंगलगढी चोक लगायतका स्थानमा अहिले पनि प्रदर्शन भइरहेको छ ।

यसैबीच, अखण्ड मध्यपश्चिममो माग गर्दै त्यसको प्रान्तिय राजधानी सुर्खेत राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक दल, क्षेत्रीय उद्योग वाणिज्य संघ सुर्खेतको संयुक्त बैठकले आन्दोलनमा ज्यान गुमाएकालाई शहिद घोषणा गर्नुपर्ने, घाइते भएकाहरुको निःशुल्क उपचार गर्नुपर्ने, पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

अखण्ड मध्यपश्मिचको माग राख्दै सुर्खेतमा सोमबार प्रदर्शन चर्किएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर तीन जनाले ज्यान गुमाएका थिए । प्रदर्शनकै क्रममा मंगलबार पनि प्रहरीको गोली लागेर एक आन्दोलनकारी घाइते भएका थिए ।