१ कार्तिक २०८३, शनिबार

विवाद मिलाउन भन्दै लाखौं रकम अमेरिकी डलरमा भुक्तानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa Nepali Monyकाठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणले किर्ते पत्रका आधारमा थाइल्यान्डको ट्रान्सफर्मर कम्पनी सहभान्तसँगको विवाद मिलाउन भन्दै लाखौं रकम अमेरिकी डलरमा भुक्तानी दिएको फेला परेको छ।

सोही पत्रका आधारमा प्राधिकरणले विवाद मिलाउने सहमध्यस्थकर्ता (आर्बिट्रेटर) नियुक्त गरी पूर्वजलस्रोत सचिवद्वय सूर्यनाथ उपाध्याय, महेन्द्रनाथ अर्याल र अर्का कानुनविज्ञ ईश्वरीचन्द्र शर्मालाई पनि लाखौं रुपैयाँ भुक्तानी दिएको छ।

प्राधिकरणले सञ्चालक समितिबाट निर्णय भयो भन्दै भुक्तानी दिएको कागजात फेला परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

भारत र थाइल्यान्डबाट आयातीत ट्रान्सफर्मर मापदण्डविपरीत भएको पाइएपछि प्राधिकरणले मध्यस्थकर्तामार्फत क्षतिपूर्ति र भुक्तानी दाबी गर्न मध्यस्थता (आर्बिट्रेसन) मा जान प्राधिकरण सञ्चालक समितिमा प्रस्ताव पेस गरेको थियो।

उक्त प्रस्तावमा तीन सदस्यबाहेक अरूले हस्ताक्षर नगरेपछि पारित भएको थिएन।

प्राधिकरणले पूर्वजलस्रोत सचिवद्वय अर्याल र उपाध्यायलाई सहमध्यस्थकर्ताका रूपमा नियुक्त गरेको थियो।

यसबापत उनीहरूलाई प्राधिकरणले जनही १८ लाख ४८ हजार रुपैयाँ भुक्तानी गरेको थियो।

यही प्रयोजनमा सहयोग गर्न नियुक्त भएका कानुनविज्ञ शर्मालाई १२ लाख रुपैयाँ एकमुष्ठ, प्रतिबहस प्रतिव्यक्ति नेपालमा भए एक लाख रुपैयाँ र विदेशमा भए एक हजार अमेरिकी डलर, बिजेनस क्लासको हवाई टिकट र चारतारे होटलको सुविधासहित भुक्तानी दिइसकेको छ ।