कावासोती, २६ साउन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान सबैको हुने बताउनुभएको छ ।
कावासोतीमा आज भएको एक कार्यक्रममा उहाँले भन्नुभयो, “पूर्व मेचीदेखिको मान्छेले यो मस्यौदालाई आफू अनुकूुल देखेको छैन, त्यसैले यो सबैको भएको छ । ”
सीमाङ्कनले केही उत्तेजना फैलाएको बताउँदै उहाँले भन्नुभयो, “जनस्तरबाट आएको कुरालाई सम्बोधन गर्नुपर्छ ।” राज्यको धर्म हुँदैन भन्दै उहाँले व्यक्तिको धर्म मान्ने अधिकार सुनिश्चित भएकाले हिन्दूका नाममा उत्तेजित भएर बहकाउन आवश्यक नभएको सचिव भट्टराईले बताउनुभयो ।
एमाले प्रकाशन तथा प्रचार विभाग प्रमुख भट्टराईले परिवर्तनका पक्षमा रहेका सञ्चारमाध्यमलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “प्रिन्टमाध्यमलाई जस्तै टेलिभिजन, रेडियो र अनलाइनलाई वर्गीकरण गरी प्रोत्साहन गर्नु सरकारले ध्यानपु¥याउनुपर्छ । ” । रासस












प्रतिक्रिया