काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पछिल्लो समय शैक्षिक परामर्श संस्थाहरुमाथि भइरहेको अनुगमन, छापा र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव भवनाथ हुमागाईंले आइतबार एक विज्ञप्ति जारी गर्दै केही घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्नु अस्वीकार्य भएको बताए ।
ठगी, नक्कली कागजात, अवैध कारोबार लगायत गतिविधिमा संलग्नमाथि कडा कारबाही हुनुपर्नेमा आफूहरू सहमत रहेको इक्यानले जनाएको छ । तर सीमित घटनाका आधारमा वैधानिक संस्थामाथि शंका गर्ने कार्यले लगानी वातावरण, रोजगारी र नेपालको अन्तर्राष्ट्रिय शैक्षिक विश्वसनीयतामा नकारात्मक असर पर्ने संघको भनाइ छ ।
इक्यानले प्रशासनिक कमजोरी र आपराधिक ठगीबीच स्पष्ट कानुनी सीमारेखा छुट्याउन तथा दोषीमाथि निष्पक्ष कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै, कुनै पनि शैक्षिक परामर्श केन्द्रका समस्या भए ती समस्याहरूलाई प्रक्रियागत ढंगले समाधान गर्न इक्यानको माग छ ।
















प्रतिक्रिया