
काठमाडौं, २६ साउन । मुलुकको राष्ट्रिय दैनिक पत्रिकाले विज्ञापनबाट पैसा संकलन गर्ने नाममा फर्जी विज्ञापन छाप्दा दर्जन युवाले लाखौं रुपियाँ डुबाउनु परेको तथ्या सार्वजनिक भएको छ ।
भूकम्पपीडितलाई क्यानडा भिजिट भिसामा पठाउने भनि कान्तिपुर दैनिकमा विज्ञापन छपाई एक भारतीय र एक नेपाली नागरिकले २७ लाख १० हजार रुपियाँ ठगी गरेको रहस्य बाहिर आएको हो ।
कान्तिपुर दैनिकमा आफूहरूले छापेको विज्ञापन देखाइ पुरुषोत्तम राजभण्डारी र भारतीय नागरिक पवनकुमार अग्रवालले बाबु लामा (तामाङ)सहित एघार जनाको २७ लाख दश हजार लगेका थिए । लामो समयसम्म पनि क्यानडाको भिजिट भिसा नलागेपछि सोधखोज गर्दै जाँदा ठगिएको थाहा पाएपछि पीडितहरूले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।
कान्तिपुर दैनिकमा आफूहरूले छापेको विज्ञापन देखाइ पुरुषोत्तम राजभण्डारी र भारतीय नागरिक पवनकुमार अग्रवालले बाबु लामा (तामाङ)सहित एघार जनाको २७ लाख दश हजार लगेका थिए । लामो समयसम्म पनि क्यानडाको भिजिट भिसा नलागेपछि सोधखोज गर्दै जाँदा ठगिएको थाहा पाएपछि पीडितहरूले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए
उजुरीका आधारमा प्रहरीले दुबै जनाको खोजतलास सुरु गरेको थियो । राजभण्डारी र अग्रवालले मिति २०७२/०३/१० गतेको कान्तिपुर दैनिकमा विज्ञापन छपाइ २५ अप्रिल अगाडि कसैले क्यानडा जान भिजिट भिसाका लागि निवेदन दिएको वा नयाँ निवेदन दिएकाले आफू भूकम्पबाट पीडित भएको प्रमाण नयाँदिल्लीस्थित क्यानडाको दूतावासमा पेस गरे भिसा पाइने आश्वासन दिइएको थियो ।
प्रहरीले अग्रवाललाई साउन २४ गते न्यूरोडबाट पक्राउ गरेको प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई कारबाहीका लागि आवश्यक कारबाही अगाडि बढाइएको छ ।
कान्तिपुर जस्तो राष्ट्रिय दैनिकले विज्ञापनको विश्वस्नीयता, आधिकारिकतालगायतका आवश्यक कागजपत्र नहेरी हल्का रुपमा विज्ञापन छाप्दा सर्वसाधारण ठगिनु परेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया