२१ कार्तिक २०८३, शनिबार

सुर्खेतमा फेरि गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikaram-gautam
प्रहरीको गोली लागेर सोमबार मृत्यु भएका टिकाराम गौतम ।

सुर्खेत, २६ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि मंगलबार फेरि गोली प्रहार भएको छ ।

आजपनि आन्दोलन चर्किएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा प्रहरीले प्रदर्शनकारीमाथि २५ राउण्ड हवाइ फायर गरेको छ । प्रतिकारमा उत्रिएका प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् ।

प्रहरीको गोली लागेर तीन प्रदर्शनकारी घाइते भएका छन् । सुर्खेतलाई सुदूरपश्चिमसहितको छटौं नम्बरको प्रदेशमा राखेपछि अखण्ड मध्यपश्चिमआन्दोलन सुरु भएको थियो । सोमबार प्रदर्शनकारीहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

उता आन्दोलन साम्य पार्न स्थानीय राजनीतिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज लगायतको बैठक चलिरहेको छ ।