१ कार्तिक २०८३, शनिबार

एनप्याब्सन अध्यक्षमा तीन जनाको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PABSON

काठमाडौँ, १ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु भएको छ ।

महाधिवेशनमा नयाँ नेतृत्वको उम्मेदवारी र सहभागीको नाम दर्ता सकिएको काठमाडौँ उपत्यका सचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो । अध्यक्ष हालसम्म पंकजसिंह राठौर, कर्णबहादुर शाही र अर्जुनबहादुर अधिकारीको उम्मेदवारी परेको छ ।

महाधिवेशनको उद्घाटन शिक्षामन्त्री चित्रलेखा यादवले आइतबार गर्नुहुनेछ । पैँतीस जिल्लाबाट एक हजार २०० प्रतिनिधि हुनेछन् । महाधिवेशनकै क्रममा आइतबार बिहान प्रभातफेरीको आयोजना गरिएको छ ।