२१ कार्तिक २०८३, शनिबार

हतियार उठाउने उपेन्द्रको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavकाठमाडौं, २६ साउन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताको मागअनुसार प्रदेशहरुको सीमांकनमा परिमार्जन नगरे हतियार उठाउने चेतावनी दिएका छन् ।

आज विहान ८ बजे बसेको संविधानसभा बैठकमा बोल्दै यादवले अखण्ड प्रदेश मान्दै भएको शान्तिपूर्ण प्रदर्शनमा सुर्खेतमा मान्छे मारिएको, जुम्ला लगायतका ठाउँमा दमन गरेकाले अब देशभरी बिद्रोह शुरु भएको भन्दै हतियार उठ्न सक्ने चेतावनी दिएका हुन् ।

‘जनतालाई गोली हानेर, लाठी बर्साएर जारी गरिएको संविधान कुनै हालतमा मान्य हुँदैन्, त्यसको प्रतिकारमा देशैभरी हतियारको युद्ध सुरु हुन्छ ।’ उनले भने-‘बन्दूक लगाएर संविधान जारी गरिए जनताको आन्दोलनलाई लाई रोक्न सक्ने छैनन् ।’

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नेपाललाई हिन्दू राष्ट्र घोषण नगरिए देशमा विद्रोह निश्चित भएको भन्दै ९४ प्रतिशत जनताले संविधान अस्वीकार गर्ने चेतावनी दिए ।

यसैबीच संविधानसभाको आजको बैठक राप्रपा नेपाल र मधेसवादी दलले बहिष्कार गरेका छन् ।

संविधानको पहिलो मस्यौदाको परिमार्जित प्रतिवेदनमाथिको छलफलमा केन्द्रीत बैठकलाई राप्रपा नेपाल तथा मधेस केन्द्रित दलका ५९ सभासदले बहिस्कार गरेका हुन् ।

बहिष्कार गरेपनि संविधानसभामा अहिले प्रतिवेदनमा छलफल भइरहेको छ ।