काठमाडौं, २६ साउन । संविधानसभाको आजको बैठकले वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको संविधानसभा बैठकले देवकोटाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गरेर बैठक एकघण्टाका लागि स्थगित भएको छ । देवकोटाको ८६ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।












प्रतिक्रिया