२१ कार्तिक २०८३, शनिबार

मध्यपश्चिमका जिल्लाहरूको जनजीवन बिहानैदेखि प्रभावित, बन्दैबन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान
सल्यान

काठमाडौं, २६ साउन । राज्य पुनःसंरचनाको सिमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा आज पनि बिहानैदेखि प्रदर्शन भएका छन् ।

रुकुम, बर्दिया, सल्यानलगायतका जिल्लामा विभिन्न समूहले प्रदर्शन गरेका छन् । साथै बन्द आह्वानसमेत गरेका छन् ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाललगायत विभिन्न थारु समूदायका सातवटा संगठनले आव्हान गरेको बर्दिया बन्दले यातायात सेवा प्रभावित भएको छ । बन्द सफल बनाउन थारु समूदायका प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

कञ्चनपुरदेखि चितवनसम्मको थरुहट भूमि स्वायत्त प्रदेश, पर्सादेखि धनुषासम्म सिम्रोनगढ र सिराहादेखि झापासम्म पूर्वी थरुहट कोचिला प्रदेशको माग गर्दे अनिश्चिकालीन बन्दको आव्हान गरिएको हो ।

बन्दले शिक्षण संस्थान, व्यापारिक प्रतिष्ठान प्रभावित भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग र नेपालगन्ज गुलरिया, राजापुर सडकमा फाटफुट सवारी साधन चलेका छन् ।

यता, सल्यान र रुकुम जिल्ला पनि बन्द छन् । सिमाङ्कनका क्रममा जिल्ला विभाजन गरेको विरोधमा स्थानीय राजनीतिक दल, सर्वसाधारण, नेता, व्यापारी, उद्योगीले आन्दोलनमा उत्रिएका हुन् ।

बन्दले यातायातका सेवा ठप्प छन् । पसल, उद्योग तथा कलकारखाना समेत चल्न सकेका छैनन् ।