२१ कार्तिक २०८३, शनिबार

सभासद र नेताहरूको ध्यानाकर्षण गराउन दलित अधिकारकर्मीद्वारा दुई घण्टा चक्का जाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Pahadiकाठमाडौं, २६ साउन । दलितका हकअधिकार नयाँ बन्ने संविधानमा समेट्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएका दलित अगुवाहरूले दवाव दिने उदेश्यले आज दुई घण्टा चक्का जाम गर्दैछन् ।

राजधानीसहित मुलुकभरि हुने चक्का जामबाट सभासद र राजनीतिक दलहरूलाई अधिकार सुनिश्चितका लागि दवाव दिइने अधिकारकर्मी तथा दलित अगुवा विनोद पहाडीले जानकारी दिए ।

‘दलका नेता र सभासदहरूलाई दवाव दिने उदेश्यले बिहान एघार बजेदेखि दिउँसो एक बजेसम्म बबरमहलमा चक्का जाम गर्छौं’, पहाडीले भने, ‘दलितका अधिकारको पक्षमा दलका नेता र सभासदहरू तयार नभए अरु संघर्ष पनि गर्न बाध्य हुने छौं ।’

दलित अधिकारकर्मी र अगुवाहरूले बुधबार माइतीघर मण्डलाबाट कफन जुलुससमेत निकाल्ने जनाएका छन् ।

अधिकारका लागि दलित संयुक्त संघर्ष समिति गठन गरेर दलित क्षेत्रमा काम गर्दै आएको अगुवा र नेताहरूले दलका नेताहरूलाई अधिकारका लागि दवाव दिँदै आएका छन् ।