काठमाडौं, २६ साउन । प्रमुख चार दलले पर्सा देखि सप्तरीसम्मको सीमाङकन गरेर निमार्ण गर्न खोजेको प्रदेश नम्बर २ लाई उत्तर छिमेकी चीनसँग नजोडेको भन्दै नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले आपत्ति जनाएकी छिन् ।
सोमबार आफनो फेसबुकमा स्टाटस लेख्दै प्रदेश नम्बर २ (सम्भावित मधेस) लाई उत्तरी छिमेकी चीनसँग नजोडेर आर्थिक रुपमा बिभेद गर्न खोजिएकोे आरोप लगाएको समाचार नागरिक दैनिकले छापेको छ ।
सबै प्रदेश चीनसँग जोडिएको तर प्रदेश नम्बर २ मा मात्रै नजोडे पछि उनको आपत्ति प्रकट भएको हो ।
‘छ मध्ये चार प्रदेशको पहुँच भारत र चीन दुवै देशको सिमासम्म रहेको छ, लुम्बिनी पर्ने प्रदेशको चीनको सीमासम्मको पहुँच अप्रत्यक्ष रुपमा रहने सबैले बुझेकै छन तर मधेस प्रदेशको रुपमा कोरिएको प्रदेश नम्बर २ को पहुँच चीनको सिमासम्म प्रत्यक्ष रुपमा छैन र अप्रत्यक्ष रुपमा समेत रहने छैन्’, गिरीले लेखेकी छिन् ।















प्रतिक्रिया