न्युयोर्क, २६ साउन । अमेरिकाले गत जुलाईमा मात्र थप २ लाख १५ हजारलाई काम दिएको छ ।
रोजगारी सृजना भएपनि बेरोजगारी दर भने ५ दशमलब ३ प्रतिशत नै रहेको उल्लेख छ ।
अमेरिकी श्रम विभागद्धारा हालै सार्वजनिक प्रतिवेदन अनुसार खुद्रा व्यवसाय, स्वास्थ्य, प्राविधिक र वित्तिय क्षेत्रबाट धेरैले काम पाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
यसले अमेरिकी अर्थतन्त्र सुधारिदै गएको प्रष्ट हुने विभागको भनाई छ ।
बिबिसीमा प्रकाशित गरेको समाचार अनुसार गत एक वर्षको अवधीमा थप १४ लाख मानिसले काम पाएको विभागको प्रतिवदेनमा छ ।
त्यस्तै गत फेब्रुअरीदेखि हप्तामा औसत साढे ३४ घण्टा काम गर्न पाउने व्यवस्था छ, यो अहिलेसम्मकै बढी समय भएको समाचारमा उल्लेख छ ।
काम गर्ने संख्या मात्र नभई प्रतिघण्टा काम गरेवापत दिइने पारिश्रमिकमा पनि शुन्य दशमलब २ प्रतिशत बृद्धि भएको छ ।
प्रतिवेदनले आगमाी सेप्टेम्बरसम्म भने अमेरिकामा ब्याजदर केही बढ्ने सम्भावना देखाएको छ ।
आउने केही महिनामा थप २ लाख २५ हजारलाई काम दिइने समाचारमा छ ।
यसमा उत्पादक र निर्माण क्षेत्रले सहयोग पुर्याउने बताइएको छ । यति हुँदा हुँदै पनि बेरोजगारीको संख्या ८३ लाख रहेको छ ।
काम गर्ने समुहमा मुख्य गरी युवा जनशक्तिले बढी काम पाएको हुदां उनीहरुको समुहमा १६ प्रतिशतले बेरोजगारी दर कटौती भएको छ ।
यसबाहेक अन्य महिला तथा पुरुषमा क्रमशः ४ दशमलब ९ र ४ दशमलब ८ प्रतिशतले बेरोजगारी घटेको ट्रेडिङ इकोनोमिक्स डट कमले जनाएको छ ।















प्रतिक्रिया