२ कार्तिक २०८३, सोमबार

सरकारले अर्को पनि अध्यादेश शीतल निवास पठायो

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले थप एउटा अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको हो ।

सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो । जसमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले हिजो २ वटा अध्यादेश भने जारी गरेका छन् ।

बाँकी ६ वटा अध्यादेश भने अध्ययनको क्रममा रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।