काठमाडौं । शिक्षक सेवा आयोगले ७ हजार शिक्षक पदका लागि आवेदन खुला गर्ने भएको छ । देशभरका रिक्त रहेका शिक्षकको तथ्यांक संकलन गर्नासाथ साउन महिनाभित्रै नयाँ विज्ञापन खुला गर्ने जनाएको छ ।
०७० साउनदेखि ०७२ असारसम्मको रिक्त भएको पदको तथ्यांक आउनासाथ विज्ञापन खुला गर्ने अन्तिम तयारी भइरहेको आयोगका प्रवक्ता खगेन्द्र नेपालले बताए । आयोगले गत वर्ष १३ हजार ५९ दरबन्दीका लागि विज्ञापन माग गरेको थियो । ‘यस वर्ष एकैपटक दुई वर्षकै विज्ञापन खुलाउन लागेको हौं,’ नेपालले भने ।
१३ हजार ५९ पदका लागि लिएको परीक्षाको नतिजा आउनासाथ नयाँ विज्ञापन खुला गर्नेछौ, उनले भने । आयोगले चालू भइरहेको मावि, निमावि र प्रावि तहको अन्तरवार्ता सक्नासाथ नयाँ विज्ञापन खोल्ने जनाएको छ । सबै तहको अन्तरवार्ता जेठ ३ गते पूरा हुँदै छ ।
१७ वर्षपछि विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले गत जेठ ९ देखि ११ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । नेपाल समाचार पत्र दैनिकबाट











प्रतिक्रिया