३० आश्विन २०८३, शुक्रबार

पहिलो साफ यु-१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saff-u-19काठमाडौँ, २५ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उन्नाइस वर्षमुनि (यु-१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज यहाँ सार्वजनिक गरेको छ ।

घरेलु मैदानमा पहिलो पटक सञ्चालन हुन लागेको सो प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहने एन्फाका प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

प्रतियोगिता आगामी भदौ ३ गतेदेखि सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी टोलीको समूहसमेत विभाजन गरियो । नेपाल समूह ‘ए’ मा परेको छ । त्यस्तै समूह ‘ए’ मा नै बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा मालदिभ्स, भारत र अफगानिस्तान छन् ।

लिग कम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा नेपालले पहिलो खेल भदौ ३ गते भुटानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल भदौ ७ गते बङ्गलादेशको सामना गर्नेछ । प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा हुनेछ । रासस