काठमाडौं । सार्वजनिक खरिद प्रणालीमै अनधिकृत रूपमा घुसेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालय अन्तर्गतको प्रणालीमा अनाधिकृत पहुँच पु¥याई विभिन्न ठेक्काहरूको विवरण परिवर्तन गरेको आरोपमा चितवन रत्ननगर नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्दै आएका आशिष निर्माण सेवा प्रा.लि.का सञ्चालक ७० वर्षीय ऋषि केश गौली पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा आर्थिक प्रस्ताव खोल्नु अगावै ठेक्कासम्बन्धी डकुमेन्टहरू हेरफेर गरिएको पाइएको प्रहरीले जनाएको छ।
गौलीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने घटनाको प्रकृति हेर्दा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायी सहित १३ जना पक्राउ परिसकेका छन् । जसमा राप्रपाका नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डे समेत छन् ।















प्रतिक्रिया