२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री बालेनको अर्को नाम ‘बालकृष्ण’, बाल्यकालदेखिका तस्वीर पनि सार्वजनिक

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अर्को नाम बालकृष्ण रहेको खुलेको छ ।

उनको जन्मदिनको दिन उनकी दिदी सुजाताले ‘बालकृष्ण शाह’ का रूपमा उनले केही वर्षअघि चलाएको फेसबुक आईडीलाई मेन्सन गरेकी हुन् ।

‘सुजाता हरिश’ फेसबुक आईडीबाट उनले अपलोड गरेको शुभकामनामा बालेनको उक्त पुरानो आईडीलाई मेन्सन गरेकी छन् । उक्त आईडीमा उनले अन्तिम पटक सन् २०२० को जनवरी १० मा उनको गीत ‘बलिदान’ को युट्युब लिंक शेयर गरेका छन् ।

यस्तै दिदी सुजाताले बालेनको बाल्यकाल देखिको केही तस्वीरहरू पनि सार्वजनिक गरेकी छिन् ।